होमपेज » हेडलाइन » आज १०८९ जनामा कोरोना संक्रमण पुष्टि

आज १०८९ जनामा कोरोना संक्रमण पुष्टि

आईतवार, २० भाद्र २०७८, १७:०२

काठमाडौं । २४ घण्टामा १०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९ सय ७१ जनामा गरिएको परीक्षणमा १ हजार ८९ जनामा संक्रमण पुष्टि भएको हो ।

 

मन्त्रालयका अनुसार २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ भने १५ सय ३४ जना निको भएर फर्किएका छन् ।