होमपेज » मनोरञ्जन » हास्य कलाकार दिनेश काफ्ले र नर्बदा थापाबिच बिबाह

हास्य कलाकार दिनेश काफ्ले र नर्बदा थापाबिच बिबाह

सोमबार, ४ आश्विन २०७८, १५:३७

काठमाडौँ। हास्य कलाकार दिनेश काफ्ले विवाह बन्धनमा बाँधिएका छन् । आईताबार सिन्धुली स्थित सुनकोसी गाउँपालिका वडा नं ४  कि नर्बदा थापासंग हिन्दू परम्पराअनुसार काफ्लेले लगनगाँठो कसेका हुन् ।

 

 

विवाह समारोहमा दुलहा तथा दुलही पक्षका सिमित व्यक्तिहरुको मात्र सहभागिता रहेको थियो । सिन्धुली कनपा ८ भिमान निवासी काफ्लेले आफ्नै घरबाट साधारण रुपमा विवाह गरेका हुन्। धुमधाम संग विवाहमा गरिने खर्च बरु सिन्धुलीमा बन्दै गरेको सिन्धुली कला घरलाई सहयोग गर्ने बताए।

 

 

लामो समय देखि कमेडी कलाकारको रुपमा सक्रिय रहँदै आएका काफ्लेलाई धेरै व्यग्तिको नक्कल गर्न सक्ने नेपाली कलाकार भनेर पनि चिनिन्छ। पछिल्लो समय उनि व्यवसायमा समेत व्यस्त छन्।