होमपेज » अन्तर्राष्ट्रिय » जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

शुक्रबार, २४ असार २०७९, १६:००

जापान। गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ ।

 

 

जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उहाँ माथि गोली प्रहार भएको थियो ।
नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत उहाँको भर्खरै निधन भएको सञ्चार माध्यमले जनाएका छन् ।

 

यसै बीच प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ।