होमपेज » समाचार » नेपाल प्रहरीसम्बन्धी विधेयक प्रस्तुत

नेपाल प्रहरीसम्बन्धी विधेयक प्रस्तुत

शुक्रबार, २४ असार २०७९, १५:५५

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन र सुपरीवेक्षणलाई संशोधन गर्न बनेको विधेयकमाथि सम्बन्धित समितिबाट भएको छलफलसहितको प्रतिवेदन प्रस्तुत भएको छ ।

 

बैठकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले सो प्रस्ताव प्रस्तुत गर्नुभएको हो । सो समितिमा दफाबार छलफलबाट विधेयक सभासमक्ष प्रस्तुत भएको हो ।