हाल रमाइलो टिभीबाट प्रसारण भै सामाजिक बिसङ्गति बिरुद्द्को आवाज बनेर आएको टेलिफिल्म ‘मादलको खरीले’ गाउँ सहरमा चर्चा परिचर्चा बटुल्दै गर्दा भोजपुरमा सम्मान पाएको छ ।
भोजपुरको अरुण गाउँपालिका– ७ सिक्रेटारमा आयोजित सम्मान एवं सांस्कृतिक कार्यक्रममा सम्मान गरेका हुन् ।
जीवन थापाको संयोजकत्वमा स्थानीय सगरमाथा माबिमा भएको कार्यक्रममा मादलको खरी नाटकको विशेष मन्चन पनि गरेका थिउ ।
भोजपुरको अरुण गाउँपालिकालाई पर्यटकीय स्थानमा परिणत गर्ने अभियानलाई यो कार्यक्रम र मादलको खरिले झन धेरै टेवा पुर्याएकोमा कार्यक्रमको गाउँपालिका उपाध्यक्ष बिनिता ढकालले बताइन् ।
भोजपुरको विभिन्न स्थानमा छायांकन गरि स्थानीय कलाकार र संस्कृतिलाइ समेत विशेष महत्त्वका साथ उक्त टेलिफिल्ममा स्थान दिँदा भोजपुरको भौगिलिक र संस्कृतिक गरिमा अभिबृद्वि भएको कुरा सिक्रेटारका वडाअध्यक्ष डिल्लीराम अधिकारी बताए ।
टेलिफिल्मका लेखक र निर्देशक किसोर अनुराग, कलाकर ईश्वर बल्लभ उप्रेती, रोजी कुँवर, सुरत बिष्ट, भीष्म आचार्य, दिनेश खड्का, रिता थापा, ग्यानेन्द्र कोइराला, समीर राई, आशिष केसी, आइसा राई लगायतलाई सम्मान गरेका हुन् ।










