‘मोडल हन्ट नेपाल २०२१’ उपाधि प्रविण चापागाईँ र अनिशा शाक्यले जितेका छन् । शनिबार होटेल सोल्टी क्राउन प्लाजामा सम्पन्न प्रतियोगितामा प्रविन पुरुष र अनिशा महिला तर्फको शीर्ष विजेता घोषित भएका हुन् ।
सहभागिता, प्रस्तुतीकरण र चर्चाको दृष्टिकोणले नेपाली परिवेशमा वृहत्, स्तरीय एवं लोकप्रिय तथा स्थापित प्रतियोगिताको यो सिजन-६ हो । यो सिजनमा ३४ युवा एवं ३२ युवती बिच अन्तिम प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिताको पुरुष तर्फ फस्ट रनर मिनाल्ड लामिछाने र सेकेन्ड रनरअप अनुप कार्की भए । महिला तर्फ श्रीयशी श्रेष्ठ फष्ट रनर अफ र परितोषिका पन्त सेकेन्ड रहनर अफ विजेता छानिए ।
प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुले आईसी कलेज अफ आर्ट एण्ड फेसनका १७ औँ ब्याचका ३४ जना विद्यार्थी डिजाइनरहरूले तयार पारेका विविध आकर्षक एवं मनमोहक पहिरनहरूमा सजिएर र्याम्प शो गर्दै सीप र कला प्रस्तुत गरेका थिए ।
ग्लोबल आईएमई पे भोटिङ पार्टनर रहेको सो प्रतियोगितामा लक्ष्मी राना र सौर्या तिर्वा मोस्ट स्टाइलिस, प्रविण चापागाईँ र राजश्री कार्की वेष्ट पर्सनालिटी, अनुप कार्की र सरिता बाडी वेष्टवाक, शुभम् भण्डारी र श्रीरुधी बस्न्यात पब्लिक च्वाइस तथा मि। एण्ड मिस मल्टिमिडिया, प्रतिभा गुरुङ र कविर घले गुरुङ सोसियल्ली रेस्पोन्सिबल विधातर्फ विजयी बनेका थिए ।

आईसी ग्रुप नेपालका प्रबन्ध निर्देशक शैलजा अधिकारी, सञ्चारकर्मी सुरजसिंह ठकुरी, पूर्व मिस नेपाल माल्भिका सुब्बा, डा। आयुष्मान घिमिरे तथा फेसन डिजाइनर इन्टा श्रेष्ठ निर्णायक रहेको प्रतियोगिताको आयोजक नेक्स्ट मोडल्स नेपाल रहेको छ । रवि धमला र एत्ना पाण्डेको निर्देशक रहेको प्रतियोगिताको कोरियोग्राफर तथा रोजिन शाक्य रहेका थिए ।
















