नागोया। अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ हिट-५३ प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा बिजयी भएका छन्।
शनिबार जापानको नागोया सहरस्थित नागोया कांग्रेस सेन्टर हलमा आयोजना भएको प्रतोयोगीतामा ओसाकाको हिरायामा जिनलाई हराउदै अविरलले ‘हिट- ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमा आफ्नो चौंथो पटक वर्चश्व कायम गर्न सफल भएको हो।

अविरलले खेलको दोश्रो राउण्डमा २ डाउन र अन्तिम ४ राउण्डमा १ मिनेट २० सेकेन्ड समय बाँकि रहदा १ डाउन गरि नकआउट गर्दै च्याम्पियनशिप आफ्नो कब्जामा पार्न सफल भएको हो।



केहि समयअघि थाइल्याण्डको फुकेट सहरमा विशेष प्रशिक्षणगरि फर्केका अविरलले छोटो समयमै धेरै सफलता पाईसकेका छन्।

उनले हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिललगायत अन्य देशका बक्सरहरुसंग खेल खेलिसकेका छन् ,अहिले सम्म १४ प्रतियोगितामा सफलता मिलिसकेको छ। यसअघि टोकियोमा सम्पन्न हिट -४६ किक बक्सिङको टाइटल जित्न सफल भएको थियो । रोमाञ्जकारी सो भिडन्तमा उनले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर टाइटल उपाधि जित्ने कान्छा बक्सर बन्न पनि सफल भएको थियो ।

जापानमा रही बक्सिंगको विशेष प्रशिक्षणमा रहेका अविरल काठमाडौँ चन्द्रागिरी नगरपालिकाका निवासी हुन्। अविरल किक बक्सिंग करातेका चर्चित खेलाडी देव घिमेरेका पुत्र हुन्। अवको टार्गेट ‘के वन सुपर वेल्टरवेट सुपर फाइट’ चुम्ने र त्यसका लागि आफु कडा प्रशिक्षण गरिरहेको समेत बताए।










