होमपेज » समाचार » रोटरी (योनेयामा – इचिनोमिया) क्लबद्वारा नुवाकोटको अर्चलेमा १६७ जना बिद्यार्थीहरुलाई सहयोग

रोटरी (योनेयामा – इचिनोमिया) क्लबद्वारा नुवाकोटको अर्चलेमा १६७ जना बिद्यार्थीहरुलाई सहयोग

शुक्रबार, २१ बैशाख २०८१, १०:५२

नागोया / जापानको नागोयास्थित इचिनोमियामा रहेको रोटरी योनेयामा -इचिनोमियाक्लबद्वारा नुवाकोटको  किस्पाङ गाउँपालिका स्थित अर्चलेको त्रिभुवन माध्यमिक बिद्यालयलाई खेलकुद  र शैक्षिक सामग्रीहरु सहयोग गरेको छ।

 

 

जिल्लाकै विकट ठाउँमा रहेको शो बिद्यालयका कक्षा १ देखि १० सम्मका १६७ जना बिद्यार्थीहरुलाई ब्याग,खेलकुद र अन्य शैक्षिक सामग्रीहरु क्लबका सदस्य प्रतीक कार्की र जापानी नागरिक लगायतका टोलीले बिद्यालयमा एक कार्यक्रम गरि हस्तान्तरण गरेको हो।

 

 

यस क्षेत्रमा तामाङ समुदायका बालबालीकाहरुको बाक्लो उपस्थिति रहेको छ।  कार्की केहि वर्षदेखि उक्त क्लबमा आवद्ध रहेर सामाजिक कार्यमा सक्रिय हुदै आईरहेका छन्।

 

 

उक्त क्लबले विभिन्न राष्ट्रहरुमा गरिव बालबालीकाहरुको लागी अनुदान दिदै आईरहेको छ ,यस पटक आफुले आफ्नो जन्मभूमि नेपाललाई पनि सहयोग गर्नु पर्छ भनेर कार्कीले अपील गरेको र  त्यसको फलस्वरूप हाललाई नुवाकोटको अर्चलेको बिद्यालयलाई सहयोग गरिएको र अब देखि हरेक वर्ष निरन्तर नेपालको विभिन्न जिल्लाहरुमा क्लबले सहयोग गर्ने समेत  बताए ।