नागोया। नेपाल आदिवासी जनजाति महासंघ जापान, क्षेत्रीय समिति नागोयाको चौथो अधिवेशन यहि मे- १९ तारिख आईतबार हुने भएको छ। नागोयास्थित नाकागावा वार्डमा हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष रिना तामाङले जानकारी दिए ।
संस्थाको आगामी नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीको माध्यमबाट चयन गर्ने र साथै सबै एकल जातिय संघसंस्थाहरु र साधारण सदस्यहरुको प्रत्यक्ष सहभागितामा नेतृत्व चयन गर्ने सह-सचिव नरेश राईले बताए ।
नागोया, मिए-केन्, गिफु लगायत अन्य क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण आदिवासी जनजाति समुदायहरु सहभागि भई अधिवेशन सफल पार्न सहयोग गरिदिनुहुन वरिष्ठ उपाध्यक्ष प्रकाश पुनले अनुरोध गरे ।











