होमपेज » आर्थिक » श्रम/रोजगार » प्रधानमन्त्री रोजगार कार्यक्रमबाट शहिदभूमिका २५८ जनालाई रोजगार

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट शहिदभूमिका २५८ जनालाई रोजगार

बिहीबार, १९ चैत्र २०७७, २१:४५

धनकुटाको शहिदभूमि गाँउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालुआर्थिक वर्ष २ सय ५८ जना बेरोजगार युवाले रोजगारी पाएका छन् । उनीहरुले चालु आर्थिक वर्ष २०७७ ।०७८ को बजेट १ करोड ३३ लाख ३९ हजार रुपैयाँ बराबरको सय दिनको रोजगारी प्राप्त गरेका हुन ।

उनीहरूलाई सडक पूर्वाधार निमार्ण, विद्यालयको वाल उठाउने, खानेपानि मुहान कुवा मर्मत, गाँउपालिकाको सेलेले झरना मर्मत सम्भार गर्नेगरी जम्मा २० वटा आयोजनाहरुमा रोजगारी दिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक सीता पौडेलले जानकारी दिइन् । संयोजक पौडेलका अनुसार अघिल्लो वर्षहरुमा २०७५ सालमा १ सय १२ जनाले २३ लाख रुपैयाँ र २०७६ मा ५७ जनाले १३ लाख ५९ हजार रुपैयाँ बराबरको रोजगारी पाएको गाँउपालिकाले जनाएको छ ।

त्यसैगरी गाँउपालिकाले पनि श्रममा आधारित रोजगारी दिनका लागि यो वर्ष ३५ लाख विनियोजन गरिएको रोजगार संयोजक पौडेलले बताइन् । उनले उक्त रकमबाट सडक मर्मत सम्भार क्षेत्रमा रोजगारि पाउने जानकारी दिए ।