काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ ले मेकअप जुरो बनाउने तालिम सम्पन्न गरेको छ । वडा नं. ७ स्थित जेष्ठ नागरिक दिवा सेवा केन्द्रको हलमा भएको तालिमको आज औपचारिक कार्यक्रममा बीच समापन गरेको हो । समापन कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले सिकेको सिपलाई व्यवहारमा लागू गरी आर्थिक उपार्जन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सिप सिकी केही गरौं भन्ने भावनामा लाग्नेलाई नगरपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा वडा नं. ७ का कार्यबाहक अध्यक्ष भुवन कुमार केसीले वडा नं.७ का महिला दिदीबहिनीहरुलाई लक्षित गरी रोजगारीको अवसर सृजना गर्ने उद्देश्यले ब्यूटिसियन, मेकअप तथा कपालको जुरो बनाउने सम्बन्धी तालिम सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले वडाले दिएको तालिमलाई व्यवहारमा उतार्न सुझाव दिनुभयो । कार्यक्रममा तालिममा सहभागिहरुलाई नगरप्रमुख गिरीले प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा वडाका जनप्रतिनिहरु, कर्मचारी, स्थानीयहरुको सहभागिता रहेको थियो । Our News Crew बाट….










