होमपेज » समाचार » प्रोटोन ई–मास–७ का लागि तीनदिने आकर्षक ‘सेल्स एन्ड एक्सचेन्ज’ योजना सार्वजनिक

प्रोटोन ई–मास–७ का लागि तीनदिने आकर्षक ‘सेल्स एन्ड एक्सचेन्ज’ योजना सार्वजनिक

शुक्रबार, ६ चैत्र २०८२, १६:०५

काठमाडौं । जगदम्बा मोटर्स अन्तर्गत सञ्चालनमा रहेको विद्युतीय सवारी ब्रान्ड प्रोटोन ई–मास ले आफ्नो नयाँ मोडल प्रोटोन ई–मास–७ का लागि तीनदिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक गरेको छ।

काठमाडौंको बौद्धस्थित होटल तिब्बत मा चैत ६ देखि ८ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रम ‘ट्रेड अप टुडे, ड्राइभ एक्सेलेन्स टुमोरो’ भन्ने नारासहित आयोजना गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा ग्राहकले जुनसुकै ब्रान्डका पुराना सवारी साधन साट्दा बजार मूल्यभन्दा उच्च मूल्यांकन प्राप्त गर्ने सुविधा दिइने बताइएको छ।

कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ता ले यस योजनाले नेपालमा विद्युतीय सवारीको प्रयोगलाई थप प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्। उनले प्रविधिमैत्री र वातावरणमैत्री यातायात प्रवर्द्धनमा कम्पनी सधैँ प्रतिबद्ध रहेको पनि उल्लेख गरे।

प्रोटोन ई–मास–७ मा १६० किलोवाट क्षमताको मोटर, १८० एमएम ग्राउन्ड क्लियरेन्स तथा ४९२ देखि ५८५ किलोमिटर (एनईडीसी) रेन्ज उपलब्ध रहेको कम्पनीको दाबी छ। आधुनिक सुरक्षा प्रविधि, प्रिमियम डिजाइन र ४६१५ एमएम लम्बाइका साथ यो गाडी बजारमा उपलब्ध छ।

कार्यक्रम अवधिमा गाडी खरिद गर्ने ग्राहकले विशेष नगद छुट, सहज फाइनान्स सुविधा, एक वर्षको निःशुल्क सडक दस्तुर तथा बीमा जस्ता आकर्षक अफर प्राप्त गर्नेछन्। साथै, कार्यक्रममा सहभागी भई गाडी बुकिङ गर्ने ग्राहकका लागि विशेष उपहारको व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ।