काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ। कुनै प्राविधिक अवरोध नआएमा आगामी चार दिनभित्र अर्थात् वैशाख महिनाभित्रै विद्यार्थीहरूले आफ्नो नतिजा प्राप्त गर्नेछन्।
वैशाखभित्रै नतिजा ल्याउने लक्ष्य
परीक्षा बोर्डका सदस्य सचिव जङ्गबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको छ। प्राविधिक समस्या नआएमा अबको चार दिनभित्र नतिजा बाहिर आउनेछ।”
कसरी हेर्ने नतिजा ?
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आइतबार एक सूचना जारी गर्दै विद्यार्थी र अभिभावकका लागि नतिजा हेर्ने विभिन्न विकल्पहरू सार्वजनिक गरेको छ। नतिजा सार्वजनिक भएपछि निम्न माध्यमबाट हेर्न सकिनेछ:
-
एसएमएस (SMS) र आईभीआर (IVR) सेवा।
-
राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयका आधिकारिक वेबसाइटहरू।
परीक्षाको संक्षिप्त विवरण
यस वर्षको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरूको तथ्याङ्क निम्नुअनुसार रहेको छ:
| विवरण | संख्या |
| कुल परीक्षार्थी (फाराम भरेका) | ५,१२,४२१ |
| नियमित तर्फ | ४,४१,५६६ |
| ग्रेड वृद्धि तर्फ | ७०,८५५ |
| छात्रा संख्या | २,५७,६१३ |
| छात्र संख्या | २,५४,८०१ |
| अन्य | ७ जना |
गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको यस परीक्षाको नतिजालाई लिएर देशभरका विद्यार्थी र अभिभावकहरू प्रतीक्षामा छन्। बोर्डले नतिजालाई त्रुटिरहित बनाउन डाटा इन्ट्री र रुजु गर्ने कामलाई तीव्रता दिएको जनाएको छ।










