काठमाडौं । काठमाडौंकाे कपनमा रहेको प्रशान्ति एकेडेमीमा अध्ययन गरेर एसईईकाे परीक्षामा सहभागी भएका सबै विद्यार्थी ए प्लस ल्याएर उत्तीर्ण भएका छन् ।
शैक्षिक सत्र २०८२ मा सबै १० जना विद्यार्थीले 4 GPA प्राप्त गर्दै उत्कृष्ट सफलता हासिल गरेका हुन्। काठमाडौं जिल्लाकाे बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ – कपन। मुस्कान चाेकमा रहेको प्रशान्ति एकेडेमी, विगत लामो समयदेखि निरन्तर उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको र आम रोजाइको शैक्षिक संस्थाको रूपमा स्थापित भएको छ।

अनुशासन, गुणस्तरीय शिक्षा र निरन्तर उत्कृष्ट परिणामका कारण प्रशान्ति एकेडेमीले आफ्नो शैक्षिक पहिचानलाई अझ मजबुत बनाउँदै गएको प्रशान्ति एकेडेमीका कार्यकारी अध्यक्ष मुरारी भण्डारीले बताए।
यसअघिका वर्षहरूमा पनि प्रशान्ति एकेडेमीले एसईई लगायतका सबै परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । बुढानिलकण्ठ नगरपालिका भित्रका विद्यालयमा प्रशान्ति एकेडेमी सफल विद्यालय हाे ।











