होमपेज » आर्थिक » ‘सानिमा इक्विटी फन्ड–२’ मा आवेदन दिने आज अन्तिम दिन

‘सानिमा इक्विटी फन्ड–२’ मा आवेदन दिने आज अन्तिम दिन

सोमबार, ४ जेष्ठ २०८३, १३:२१

काठमाडौं । Sanima Capital Limited ले निष्कासन गरेको ‘सानिमा इक्विटी फन्ड–२’ का इकाइ खरिदका लागि आवेदन दिने आज जेठ ४ गते अन्तिम दिन रहेको छ । Sanima Mutual Fund अन्तर्गत सञ्चालन हुने उक्त योजनाका लागि सानिमा क्यापिटलले गत वैशाख २४ गतेदेखि प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँबराबरको १० करोड इकाइ बिक्री खुला गरेको थियो । लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन् ।

 

कुल निष्कासित इकाइमध्ये न्यूनतम १ करोड ३० लाख अर्थात् कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १३ प्रतिशत इकाइ कोष प्रवर्द्धक Sanima Bank Limited लाई सुरक्षित गरिएको छ । त्यसैगरी २ प्रतिशत अर्थात् २० लाख इकाइ योजना व्यवस्थापक सानिमा क्यापिटलका लागि छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन् । साथै CDS and Clearing Limited को ‘मेरो सेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ । यो योजना १० वर्ष अवधिको बन्दमुखी म्युचुअल फन्ड योजना हो ।