होमपेज » आर्थिक » ‘एलएस होराइजन–१२’ मा आवेदन दिने आज अन्तिम दिन

‘एलएस होराइजन–१२’ मा आवेदन दिने आज अन्तिम दिन

बुधबार, ६ जेष्ठ २०८३, १०:३३

काठमाडौं । Laxmi Sunrise Capital अन्तर्गत सञ्चालन हुने बन्दमुखी म्युचुअल फन्ड योजना ‘एलएस होराइजन–१२’ मा आवेदन दिने आज जेठ ६ गते अन्तिम दिन रहेको छ। योजनाको इकाइ बिक्री वैशाख ३० गतेदेखि खुला गरिएको थियो। इच्छुक लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्।

योजनाअन्तर्गत प्रतिइकाइ १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ निष्कासन गरिएको छ, जसको कुल आकार १ अर्ब २० करोड रुपैयाँ बराबर रहेको छ। कुल निष्कासित इकाइमध्ये १ करोड ८० लाख इकाइ कोष प्रवर्द्धक Laxmi Sunrise Bank का लागि सुरक्षित गरिएको छ भने बाँकी १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड २० लाख इकाइसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत दिन सकिनेछ। साथै, Mero Share मार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था रहेको छ। यस योजनाको कोष व्यवस्थापक Laxmi Sunrise Capital रहेको छ। ‘एलएस होराइजन–१२’ १२ वर्ष अवधिको बन्दमुखी म्युचुअल फन्ड योजना हो।