काठमाडौं । विश्वभरि रहेका क्रियाशील नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा सम्पूर्ण नेपाली पत्रकारहरुलाई अहिलेको विषम परिस्थितिमा आफु पनि सुरक्षित रहेर सूचना प्रबाह गर्न विशेष आग्रह गरेको छ ।
जस्तोसुकै कठीन परिस्थितिमा पनि आफनो दायित्वलाई पुरा गर्न लागि पर्ने आम संचारकर्मीहरुले सार्वजनिक हितमा सूचना प्रबाह गरेर आम नागरिकहरुको सूचना पाउने हकलाई पुरा गरिरहेको इन्जाले बताएका छन् । आम नागरिकले सहि सूचना पाउदा मात्रै लोकतन्त्र पनि बलियो हुँदै जाने र लोकतन्त्रको सुदृढिकरण भएमा मात्रै प्रत्येक नागरिकको समुन्नति हुने भन्ने कुरालाई आम संचारकर्मीहरुले आफनो दायित्वका रुपमा लिएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा आयोजित ग्लोबल भर्चुवल विशेष कार्यक्रममा बोल्ने नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेल, महासचिब रोशन पुरी, इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइटेल, इन्जा ग्लोबलका उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष टंक पन्त, इन्जाका सल्लाहकार तीर्थ कोइराला, योगेश उपाध्याय, घर्मराज लुइटेल, संचारिका समुहकी अध्यक्ष नीतु पण्डित, बरिष्ठ पत्रकार बबिता बस्नेत, इन्जा ग्लोबलका बरिष्ठ उपाध्यक्ष बिष्णु शितल, उपाध्यक्ष किशोर सापकोटा, न्युज एजेन्सी नेपालका अध्यक्ष सबिन धमलाले नेपालको सबिधानले प्रेस स्वतन्त्रताका पक्षमा गरेको बलियो पक्षलाई ऐन नियम र निर्देशिकाका नाममा खुम्च्याउन खोजेकोले त्यसतर्फ सरकारको गभीर ध्यानाकर्षण गराएका छन् ।
नेपालमा प्रेस स्वतन्त्रता बिरोधी घटना यो बर्ष ४५ वटा भएका छन । ती घटनाबाट ५ सय ८४ जना पत्रकार र ३ मिडिया हाउस गभीर रुपमा प्रभावित र पीडित भएका छन । ५ सय ८४ पत्रकार मध्य ७७ जना महिला पत्रकार छन । विभिन्न खाले आक्रमणबाट ४८ र दुब्र्यबहार, धम्कीको सामना १२ जना पत्रकारले गर्नुपरेको छ भने ५ सय १७ जना पत्रकार बिस्थापित हुनुपरेको पत्रकार महासंघले जनाएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिबसको अबसरका आयोजित बिशेष कार्यक्रममा लेखनकुञ्जका अध्यक्ष कमल ढकाल, पत्रकारहरु केदार खडका, भागिरथ योगी, निरु गौतम, दीपु पोख्रेल, दीपक रिजाल, रामचन्द्र खरेल संजय घिमिरे, दोवा ढकाल, राम लामा, नारायण श्रेष्ठ, डा मदन उप्रेति, मीरा राजभण्डारी, आनन्द कोइराला, अनुराधा पौडेल, सरोज दाहाल, सम्झना पौडेल, गोबिन्दप्रसाद दुलाल, राजाराम गौतम, रमा पन्थी, अश्मिना पाण्डे लगायत उपस्थित धेरै पत्रकारहरु र मानब अधिकार संचार प्रतिष्ठान (इह्रिकन)का अध्यक्ष मीना शर्माले शुभकामना थिएका थिए ।










