काठमाडौं । एनएमबि बैंकले १० वर्षे अवधिको २ अर्ब बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले जेष्ठ २ गतेदेखि बैंकले वार्षिक साढे ८ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि ऋणपत्र ८.५–२०८७÷८८’ नामको ऋणपत्र बिक्री गर्न लागेको हो ।
बैंकले निश्काशन गर्न लागेको प्रतिकित्ता १ हजार दरको कुल २० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ । जसमा ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी ७ लाख ६० हजार कित्तामा सर्वसाधारण आवेदन दिन सक्नेछन्।
इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन भने ऋणपत्र खरीदका लागि छिटोमा जेष्ठ ५ र ढिलोमा जेष्ठ १६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ बैंकले बिक्री गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ ।










