होमपेज » समाचार » गुल्मीमा निषेधाज्ञा पुन एक साताका लागि थप

गुल्मीमा निषेधाज्ञा पुन एक साताका लागि थप

शुक्रबार, २४ बैशाख २०७८, १९:४३

गुल्मी । गुल्मीमा जेष्ठ ४ गतेसम्मलाई निषेधाज्ञा थप गरिएको छ । यसअघि वैशाख २५ बजेसम्म गरिएको निषेधाज्ञा पुन एक साता थप गरिएको छ । यो अवधिमा उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामग्रीका पसल विहान ७ देखि ९ बजेसम्म खोल्न पाइनेछ ।

खाद्यान्न, तरकारी, फलफूल, दुध, पानी, औषधी, बोक्ने मालवाहक गाडी र एम्बुलेन्सबाहेक सवारी साधन निषेधाज्ञामा चल्न पाउने छैन । अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरिएको छ । अस्पताल, औषधि पसल २४ सै घण्टा खुला रहनेछन् ।