होमपेज » समाचार » कोरोना संक्रमणबाट पत्रकार दिनेश दाहालको निधन

कोरोना संक्रमणबाट पत्रकार दिनेश दाहालको निधन

शनिबार, २५ बैशाख २०७८, २०:३६

काठमाडौं । कोरोना संक्रमणबाट पत्रकार दिनेश दाहालको निधन भएको छ । वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएका दाहालको ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारको क्रममा आज निधन भएको नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले जनाएको छ ।

कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा रहेका पत्रकार दाहाललाई सास फेर्न समस्या भएपछि वैशाख १० गते सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । १५ दिनदेखि उपचाररत दाहालको स्वास्थ्यमा क्रमिक सुधार आएको जनाइएको थियो । तर, शुक्रबार राति पुनः स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बिहान उनको निधन भएको हो ।