पोखरा । पोखरामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६२ पुगेको छ । पोखरा महानगर १७ का ५३ वर्षीय पुरूषको वैशाख २६ गते बिहान ५ः३५ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई २० गते कोरोना संक्रमण देखिएको थियो ।
यस्तै रुपन्देही सिद्धार्थनगर नगरपालिका–८ का ६० वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा वैशाख २५ गते राति ११ः३० बजे मृत्यु भएको छ । उनलाई वैशाख २३ गते कोरोना स्क्रमण पुष्टि भएको थियो ।
यस्तै स्याङ्जा वालिङ नगरपालिका– ३ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख २५ गते मृत्यु भएको छ । उनीलाई वैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
यसैगरी वैशाख २५ गते पोखराको मेडिप्लस अस्पतालमा उपचाररत पोखरा महानगरपालिका–९की ३१ वर्षीया कोरोना संक्रमित महिलाको राति ११ः २२ बजे मृत्यु भएको छ । उनलाई वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।










