काठमाडौं । नेपाल आयल निगमको प्रमुख इन्धन वितरण डिपो अमलेखगञ्जबाट साताको तीन दिन मात्रै इन्धन वितरण हुने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले अबदेखि साताको तीन दिन आइतबार, बुधबार र शुक्रबार मात्रै इन्धन वितरण गरिने जानकारी दिएको हो ।
कर्मचारीको स्वस्थ्य अवस्था र स्थानीय प्रशासनको आग्रह बमोजिम सातामा तीन दिन मात्रै इन्धन वितरण गर्न निर्णय गरिएको कार्यालयले जनाएको छ ।










