होमपेज » समाचार » नेपाली कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

नेपाली कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

शनिबार, १ जेष्ठ २०७८, १०:११

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ ।

 

आज बिहान ४ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको हो । कोरोना संक्रम भएपछि उनी दुई हप्तादेखि अस्पतालमा भर्ना थिइन् ।