धनगढी । निषेधाज्ञामा पनि पुलको काम धमाधम भइरहेको छ । झण्डै ४ अर्ब लागत रहेको महाकाली पुलको काम निरन्तर चलिरहेको आयोजना कार्यालयले जनाएको छ ।
महाकाली पुल आयोजना कार्यालयका इन्जिनियर वीरेन्द्र चन्दले कोरोना भाइरसको महामारीमा पनि सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्दै निर्माणका काम भइरहेको जानकारी दिए ।










