होमपेज » समाचार » लकडाउनमा मोख्तारलाई तस्करीको लाइन

लकडाउनमा मोख्तारलाई तस्करीको लाइन

मंगलवार, ४ जेष्ठ २०७८, १६:४०

बिरगंज । देशमा कोरना कहरको आंतक छ । दैनिक सयौंको संख्यामा यही रोगका कारण ज्यान गुमाउने जनताले उपचारका नाममा अक्सिजन नपाएर मर्नुपरेको छ । तस्करहरूका लागि अहिले पर्साको मुख्य भन्सार रहेको इनर्वाबाट ठूलो मात्रामा तस्करी चलिरहेको छ । तस्करीको लाइन पाउने अर्को व्यक्ति हुन मोख्तार ।

 

भन्सारको पछाडिबाट रातिको एक देखि चार बजेको समयमा मोख्तारको तस्करीको लाइन चलेको छ । दुईवटा टेम्पोमा महिलाहरू प्रयोग गरि ठूलो मात्रामा कपडाको तस्करी मोख्तारले गरिरहेका छन् । एउटा टेम्पोले दशपटक सम्म तस्करीको कपडा ल्याउने गरेका छन् । दुईवटा टेम्पोले बीस पटक ल्याउंदा कति कपडा तस्करी भएको होला जोकोहीले पनि सहजै अनुमान लगाउन सक्छ ।

 

भारतबाट ल्याएको कपडा दशगजा स्थित प्रेमनगरमा रहेका माटोले बनाएका झुपडीहरूमा थुपार्ने र रातिको एक देखि चार बजेको समयमा बन्द रहेको सिनेमा हलको पछाडि हँुदै रजत जयन्ती चोक भएर तस्करीको कपडा बजारमा पु¥याउने काम मोख्तारले गर्दै आएका छन् ।

 

यसरी मोख्तारको ठूलो तस्करीमा जिल्ला प्रहरी कार्यालय पर्साका एसपी बेल बहादुर पाण्डे, सशस्त्र प्रहरी बलको भन्सार स्थित बिओपीका प्रहरी निरीक्षक स्वण वमले लाइन दिएको हाम्रो समाचारस्रोत बताउँछ । यसबाहेक प्रहरीको क्राइम टोलीले पनि ठूलो भाग पाउने गरेको छ । मोख्तारलाई धेरैले भारतीय भन्ने गर्छन् भने कतिले उनी पाकिस्तानी नागरिक भएको पनि बताउँछन् ।

 

नेपाल भारत क्षेत्रको दशगजामा निजको घर रहेको छ । मोख्तारले अटोको माध्यमबाट ठूलो तस्करी गरिरहेका छन् । दुई प्रहरीको लागि भनेर उनले पाँच लाखमा तस्करीको सेटिङ मिलाएको समेत यहाँ सार्वजनिक भएको छ । देशमा कोरना कहरको आंतक छ । दैनिक सयौंको संख्यामा यही रोगका कारण ज्यान गुमाउने जनताले उपचारका नाममा अक्सिजन नपाएर मर्नुपरेको छ ।

 

वीरगन्जमा आइतबार मात्रै ११ जनाको मृत्यु भएको छ । शनिबार भने एकैदिन १५ जनाको मृत्यु भएको थियो । शुक्रबार पनि एकैदिन १६ जनाको मृत्यु भएको थियो । सबै भन्दा बढी संक्रमितको उपचार हुँदै आएको नारायणी अस्पतालमा मात्र आइतबार साँझसम्म ८३ जनाको मृत्यु भएको छ ।

 

नारायणी अस्पतालमा अहिलेसम्म ३७१ संक्रमित भर्ना भएकामध्ये ८३ जना संक्रमितको मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको छ । नारायणी अस्पतालमा उपचारार्थ ३ सय ७१ जनामध्ये १ सय ९० जना निको भइ घर फर्किएका छन् भने ८३ जनाको मृत्यु भएको र १७ जनालाई रिफर गरिएको छ । पर्सा जिल्लामा हाल १ हजार ८ सय ९७ जना सक्रिय संक्रमित छन् ।

 

तीमध्ये वीरगन्जका विभिन्न १३ अस्पतालमा हाल ३ सय ७६ जना संक्रमित उपचाररत छन् । एचडडीयूमा १ सय ८९, आईसीयूमा १ सय ४७ र भेन्टिलेटरमा ४० जनाको उपचार भइरहेको छ । वीरगञ्जमा एक सातायता संक्रमण दर घट्दै गएपनि मृत्यु दर भने घटेको छैन । वीरगन्जका अस्पतालमा कोरोना संक्रमणले हुने मृत्यु दर अहिले २२ प्रतिशतको हाराहारीमा पुगेको छ ।

 

वैशाख दोस्रो र तेस्रो साता भने वीरगन्जमा मृत्यु दर १७ प्रतिशतको हाराहारीमा थियो ।वैशाखाको पहिलो साता भने मृत्यु दर १४ प्रतिशतको हाराहारीमा थियो । तर वैशाख अन्तिम साता यता भने मृत्यु दर २२ प्रतिशत हाराहारीमा पुगेको हो ।

 

आइतबार साँझसम्म वीरगन्जका विभिन्न अस्पतालहरुमा कोरोना संक्रमणले १ सय ५८ जनाले ज्यान गुमाएका छन् । विगत दुई सातादेखि दैनिक पर्साका मात्रै ३ देखि ८ जना कोरोना संक्रमितहरुले ज्यान गुमाई रहेका अवस्थामा आइतबार मात्रै ४ जना संक्रमितको मृत्यु भएको छ ।

 

नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१३ की ५० वर्षीया महिला, वडा नं. १९ का ४४ वर्षीय पुरुष एवं बयोधा अस्पतालमा उपचाररत वीरगञ्ज–१ का ६४ वर्षीय पुरुष एवं वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत वीरगञ्ज–१० की ६८ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

 

पर्सा जिल्लामा निषेधाज्ञा जारी भएको तेस्रो साता सुरु हुन लाग्दा दैनिक संक्रमितहरुको संख्यामा ओह्रालो लागेपनि मृत्युदरमा भने कमी आएको छैन । निषेधाज्ञा जारी भएको दोश्रो हप्तासम्म खासै प्रभावकारी नदेखिएपनि तेश्रो हप्तादेखि दैनिक संक्रमितहरुको संख्यामा कमी देखिएको छ, तर मृत्युदर भने कम हुन सकेको छैन ।