काठमाडौं । काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले जेठ २१ बाट खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोरहरु खोल्न दिने निर्णय गरेका हुन् । किराना तथा डिपार्टमेन्ट स्टोरहरुले बिहान ९ बजेसम्म खोल्न पाउनेछन् ।
त्यसैगरी, उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक निर्माणलाई पनि खुल्ला गर्ने निर्णय गरिएको छ । निषेधाज्ञाका कारण निर्माण कार्यहरु रोकिन पुगेका थिए ।










