काठमाडौं । सिटिजन्स बैंकको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ । सोमबार तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेपछि कायम भएको शेयर सिटिजन्स बैंकको नाममा सूचीकरण भएको हो ।
सिटिजन्स बैंकको नाममा प्रतिशेयर अंकित तथा चुक्ता मूल्य १०० रूपैयाँ अंकित दरको १ करोड ८४ लाख ५० हजार ३८२.३९ कित्ता शेयर सूचीकरण भएको हो । धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम दोस्रो बजारमा कारोबार गर्न सकिने गरी सूचीकृत गरिएको नेप्सेले जनाएको छ ।










