होमपेज » समाचार » घुमुवा खत्रीको सेटिङमा स्याउ तस्करी

घुमुवा खत्रीको सेटिङमा स्याउ तस्करी

बिहीबार, १७ असार २०७८, १२:५८

रौतहट । निषेधाज्ञाका बीचमा प्रदेश नम्बर २ का जिल्लाबाट पनि स्याउ तस्करी भएको खुल्न थालेको छ । रौतहटको गौर, मटिया, रामपुर खाबबाट स्याउ तस्करी हुने गरेको समाचार छ । स्रोतका अनुसार रौतहट जिल्ला प्रहरी कार्यालयका घुमुवा कमल खत्रीको सेटिङमा तीनवटै नाकाबाट स्याउ र मदिरा तस्करी हुने गरेको छ ।

घुमुवा खत्री पर्साको इनर्वा, अलौ, सिर्सिया थानाचौकीमा बसेर नाकाबाट हुने तस्करीमा सेटिङ गर्न अनुभवी हुन् । तत्कालीन पर्साका एसपी दिवेश लोहनीले उनलाई आर्थिक लेनदेनमा मुछिएपछि दरबन्दी रहेको रौतहटमै फर्काइदिएका थिए । रौतहटमा आएपछि पनि उनी हरेक एसपीका घुमुवाका रुपमा अतिरिक्त कमाइका लागि परिचालित छन् ।

रौतहटमा तस्करीका बादशाह मानिने शम्भु साहको आडभरोसामा भन्सार गौर भन्सारमा सरुवा भए । गौर भन्सार सरुवा भएपछि उनले तस्करहरुलाई फाइदा पुग्ने काममात्र गरेपछि प्रदेश नम्बर २ को प्रहरी कार्यालय जनकपुरमा उजुरी पर्यो । प्रदेश प्रहरीले चासो नदेखाएपछि नदेखाएपछि प्रहरी प्रधान कार्यालयमा उजुरी पर्यो ।

प्रहरी हेडक्वाटरले सोधेपछि जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले भन्सारको घुमुवाबाट ताने । गौर भन्सारबाट तानेर उनलाई जिल्लामा राखेर घुमुवा राखिएको छ । उनी ४ महिनादेखि घुमुवा कमाण्डर छन् ।