काठमाडौं । उपत्यकामा जारि निषेधाज्ञा साउन १० सम्म लम्ब्याइने भएको छ। उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले लम्ब्याइने निर्णय गरेका हुन् । निषेधाज्ञा लम्ब्याए पनि उपत्यका बाहिरबाट आउने सार्वजनिक सवारीलाई भने काठमाडौं उपत्यका प्रवेशमा खुकुलो गरिने निर्णय गरिएको छ ।
‘आवश्यक परेका सार्वजनिक यातायातलाई प्रवेश अनुमति दिने निर्णय गरेका छौं’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। त्यसका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिस चाहिने बताइएको छ ।
असार ३१ गतेसम्म जारि निषेधाज्ञामा सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकामा अब बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने र बिगतको निषेधाज्ञामा निषेध रहेको सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने छ । विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् ।










