होमपेज » समाचार » एफपीओ निष्काशन गर्ने अनुमति माग्दै : किसान लघुवित्त

एफपीओ निष्काशन गर्ने अनुमति माग्दै : किसान लघुवित्त

आईतवार, १० श्रावण २०७८, १४:०६

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था (प्ीद्यक्ी) थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । लघुवित्तले १२ लाख ९८ हजार २५९ कित्ता एफपिओ निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

 

लघुवित्तले प्रति कित्ता १२५ रुपैयाँका दरले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ २५ पैसा बरबरको १२ लाख ९८ हजार २५९ कित्ता एफपिओ निष्काशन गर्नेछ ।

 

लघुवित्तको एफपीओ शेयर निष्काशक तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । हाल लघुवित्तको चुक्तापूँजी ३९ करोड २८ लाख रहेको छ भने एफपिओ जारी पश्चात चुक्तापूँजी ५२ करोड २६ लाख हुनेछ ।