होमपेज » समाचार » खोप प्रमाणपत्र जिल्ला अस्पतालबाटै पाउने

खोप प्रमाणपत्र जिल्ला अस्पतालबाटै पाउने

बुधबार, २० श्रावण २०७८, १४:०३

काठमाडौँ। अबदेखि कोरोना भाइरस विरुद्ध खोप लगाईएको खोपको प्रमाणपत्र ७७ वटै जिल्ला अस्पतालबाट दिईने भएको छ।

 

स्वास्थ्य सेवा विभागले बुधबार सबै जिल्ला अस्पताललाई परिपत्र पठाएर खोप लगाएको प्रमाणीकरण गर्न निर्देशन दिएको छ। यसअघि सरकारले खोप लगाएको प्रमाणीकरण काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा मात्रै गर्ने व्यवस्था मिलाएको थियो ।

 

यी सिमिति स्थान बाट मात्रै प्रमाणीकरण दिने व्यवस्थाले विदेश जाने श्रमिक तथा बिद्यार्थीहरुलाई सकस भएपछी सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेको हो।

साथै मन्त्रालयले क्यूआर कोडसहितको प्रमाणपत्र भदौ १ गतेदेखि जारी गर्ने भएको छ ।