होमपेज » समाचार » (जालसान)ले प्रधानमन्त्री देउवालाई भेटेर (सीओई) प्राप्त विद्यार्थीलाई जापान जान व्यवस्था मिलाइदिन आग्रह

(जालसान)ले प्रधानमन्त्री देउवालाई भेटेर (सीओई) प्राप्त विद्यार्थीलाई जापान जान व्यवस्था मिलाइदिन आग्रह

बिहीबार, ३ भाद्र २०७८, १३:५७

काठमाडौँ । कोभिड -१९ को कारणले जापान जान नपाएकाहरुलाई जापान पढ्न पठाउने शैक्षिक परामर्शदाताहरुको संस्था जापानिज भाषा स्कुल संघ नेपाल (जालसान) ले जापान सरकारको सम्बन्धित निकायबाट सीओई प्राप्त गरेका विद्यार्थीलाई जापान जाने व्यवस्था मिलाइदिन बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

 

साथै (जालसान) ले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको कामना पनि गरेको छ । भेटमा (जालसान) ले कोरोना भाइरसको कारण शैक्षिक क्षेत्रमा पारेको प्रभावका बारेमा पनि जानकारी गराएको थियो ।

 

जालसानले व्यवसायलाई सहज हुन वातावरण बनाइदिन पनि प्रधानमन्त्रीलाई आग्रह गरेको छ । उक्त आग्रहलाई प्रधानमन्त्रीले चासोको रुपमा हेरिएको (जालसान) ले जनाएको छ ।