होमपेज » समाचार » नेपाल जापान उडान पुन : सुचारु

नेपाल जापान उडान पुन : सुचारु

बिहीबार, ३ भाद्र २०७८, १४:५५

काठमाडौँ। केहि समय देखि बन्द रहेको नेपाल जापान उडान पुन : नियमित उडान हुने भएको छ।

 

नेपाल वायुसेवा निगमको अनुसार सेप्टेम्बर र अक्टोबर महिनाको लागि उडान तालिका सार्वजनिक गरिएको छ। जस अनुसार ९ तारिकमा काठमाडौँ – नारिता र सेप्टेम्बर १० तारिकमा नारिता – काठमाडौँ उडान अर्को उडान सेप्टेम्बर २३ तारिक काठमाडौँ -नारिता र सेप्टेम्बर २४ तारिक नारिता काठमाडौँ उडान हुने भएको छ ।

 

त्यसै गरि अक्टोबरका लागि २१ र २८ तारिक नेपालबाट उडान हुने र जापानबाट २२ र २९ तारिक उडान हुने निच्छित भएको छ। जापानले नेपाललाई अझै यात्रा प्रतिबन्ध यथावत राखेकाले जापानको स्थायी बसोबास अनुमति पिआर अर्थात् एइज्यु भएको व्यक्ति Permanent residence (PR), स्थायी बसोबास अनुमति पिआर अर्थात् एइज्यु भएको श्रीमान श्रीमति Permanent resident spouse, लामो अवधिको बसोबास अनुमति प्राप्त अर्थात् तेइज्यु भएका व्यक्ति Long-Term resident (teizu), लामो अवधिको बसोबास अनुमति प्राप्त अर्थात् तेइज्यु भएका श्रीमान श्रीमति Long-Term resident spouse ) हरु यी चार प्रकारका भिषा बाहकहरुले मात्र जापान प्रवेशमा अनुमति पाउने छन् ।

 

जापान आइसकेपछि जापान सरकारले तोकिएको क्वारेन्टिन ६ दिन र ८ दिन आफनै घरमा होम क्वारेन्टिन गरी १४ दिन अनिवार्य क्वारेन्टिन   बस्नुपर्ने छ । त्यसैगरि जापानबाट काठमाण्डौ आउने नेपाली यात्रुले भने नेपाल सरकारले तोकिएको क्वारेन्टिन १० दिन मात्र बसी आफ्नो गन्त्वयमा जान पाइनेछ । यदि भ्यक्सिनको पुरा डोज लगाएका यात्रुको प्रमाण भएमा आफ्नो गन्तव्यमा सिधै जान पाउने छ ।