होमपेज » समाचार » प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा ललितपुरको कुम्भेश्वर मन्दिरको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा ललितपुरको कुम्भेश्वर मन्दिरको उद्घाटन

शुक्रबार, ४ भाद्र २०७८, १३:१७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर मन्दिरको उद्घाटन गरेका छन् । शुक्रबार प्रधानमन्त्री देउवा र उनकी धर्मपत्नी आरजु राणा देउवाले मन्दिरमा गजुरको पूजा गर्नुका साथै शिलापत्र अनावरण गरेर मन्दिरको उद्घाटन गरेका हुन् ।

 

२०७२ सालको महाभूकम्पले क्षतिग्रस्त मन्दिरको तीन तला भत्काएर पुनर्निर्माण गरिएको हो । कुम्भेश्वर काठमाडौंको पाँच तले मन्दिरमध्येको प्रमुखमा गनिन्छ, यो धेरै पुरानो मन्दिर हो ।’ ६४ ज्योतिर्लिङ्गेश्वर मध्येमा पर्ने यहाको महादेवको दर्शन मात्र गर्नाले पनि मनोकामना पूरा हुने विश्वास गरिन्छ ।