काठमाडौं । पछिल्लो २४ घण्टामा २४८२ जनामा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज १,७८१ जना संक्रमणमुक्त भएका छन् भने ४४ जनाको मृत्यु भएको छ ।
यो संगै हालसम्म १० हजार ६१२ जनाको मृत्यु भएको छ ।










