होमपेज » देश » बागमती » बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा

बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा

बुधबार, १६ भाद्र २०७८, ११:२०

काठमाडौँ। बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन्। नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका खनालले आफु नवगठित नेकपा (एकीकृत समाजवादी)पार्टीमा रहने बताए।

 

खनालले राजीनामा दिएसँगै अब बागमती प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र छन् ।