होमपेज » समाचार » सानिमा लाइफको शेयर खरिदकर्ताको चाप उच्च

सानिमा लाइफको शेयर खरिदकर्ताको चाप उच्च

बिहीबार, १७ भाद्र २०७८, १४:०३

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको शेयर पहिलो दिननै सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ओपनिङ्ग रेन्जको उच्च विन्दुबाट कारोबार खुलेको कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर ३३९ रुपैयाँ ९० पैसा पुगेको हो ।

 

हाल सम्ममा कम्पनीको ३३६ कित्ता शेयर किनबेच भएर १ लाख ७ हजार ३८१ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

 

कम्पनीको शेयरमा खरिदकर्ताको चाप भने उच्च देखिएका छन् । शेयर मूल्य अझै बढ्न सक्ने अनुमान गर्दै शेयरधनीहरुले कम्पनीको अहिलेनै बेच्न खोजेका छैनन् ।

 

कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले न्युनतम १०३ रुपैयाँ १७ पैसा देखि ३०९ रुपैयाँ ५१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।

 

कम्पनीले साउन २० गते देखि २४ गतेसम्म सर्वसाधारणमा कुल ६० लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारीलाई ३ लाख र म्युचुअल फन्डलाई ३ लाख कित्ता शेयर छुट्याएर बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।