होमपेज » हेडलाइन » २ हजार ४ जनामा संक्रमण पुष्टि

२ हजार ४ जनामा संक्रमण पुष्टि

बिहीबार, १७ भाद्र २०७८, १८:०९

काठकाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ६५० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ६१९ जना र एन्टीजेन विधिबाट ३८५ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ७ लाख ६५ हजार ९१४ जना र एन्टीजेन विधिबाट ८४ हजार २९४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

 

नेपालमा हाल ३३ हजार ९४६ सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ३१ हजार ६१९ जना होम आइसोलेसनमा, २ हजार ३२७ जना संस्थागत आइसोलेसनमा, ५४४ जना सघन उपचार कक्षमा र १६६ जना भेन्टिलेटरमा उपचाररत छन् । ३०२ जना क्वारेन्टिनमा रहेका छन् ।

 

पछिल्लो २४ घण्टामा थप १ लाख १ हजार ७०० जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार ५४ लाख २५ हजार ८८८ जनाले पहिलो मात्रा र ४६ लाख ७७ हजार ७९६ जनाले खोपको दुवै मात्रा लगाइसकेका छन् ।