होमपेज » समाचार » ‘एनएमबि सरल बचत फण्ड ई’ मा ४६ हजारको आवेदन

‘एनएमबि सरल बचत फण्ड ई’ मा ४६ हजारको आवेदन

शुक्रबार, १८ भाद्र २०७८, १७:३४

एनएमबि क्यापिटल लिमिटेडले भदौ १७ गतेदेखि निष्काशनमा ल्याएको ‘एनएमबि सरल बचत फण्ड ई’ मा साढे ४६ हजारको आवेदन परेको छ । एनएमबि क्यापिटलका अनुसार आज ३ बजेसम्ममा ४६ हजार ५३७ आवेदनबाट २ करोड ३२ लाख ६१ हजार ४३० इकाइको लागि आवेदन गरेको छ ।

 

क्यापिटलले भदौ १७ गते देखि ‘एनएमबि सरल बचत फण्ड ई’ खुलामुखी म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो ।

 

निष्काशन गरिएको कुल इकाईमध्ये ४० प्रतिशत अर्थात ४ करोड इकाई पहिलो चरणमा बिक्री खुला गरेको हो । त्यसैगरी, कूल इकाई मध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रबद्र्धक एनएमबि बैंक र एक प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

 

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डको इकाईमा भदौ २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा भदौ ३१ गतेसम्म आवेदन म्याद थप गरिनेछ ।

 

यस खुलामुखी फण्डको इकाईमा लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् ।