होमपेज » हेडलाइन » पुननिर्माण प्राधिकरण कहिलेसम्म आँखामा छारो !

पुननिर्माण प्राधिकरण कहिलेसम्म आँखामा छारो !

आईतवार, २० भाद्र २०७८, १६:२०

काठमाडौं । त्रिचन्द्र कलेजको यथाशीघ्र पुनर्निर्माणको माग गर्दै आज कलेज परिसरमा प्रदर्शन गरेका छन् । त्रिचन्द्र कलेज विद्यालय मात्र नभएर सम्पदा र इतिहास रहेको भन्दै नेपाल विद्यार्थी संघले विभिन्न प्लेकार्ड लिएर प्रदर्शन गरेका हुन् ।

 

सन् १९१८ मा स्थापना भएको त्रि–चन्द्र नेपालको उच्च शिक्षाको सबैभन्दा पुरानो कलेज पनि हो । यसलाई तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले निर्माण गरेका हुन् । तर, अहिले यसको संरक्षण नहुँदा कलेज जीर्ण अवस्थामा पुगेको छ । विद्यार्थीहरूले त्रिचन्द्र कलेजको पुनर्निर्माण गरी यसको इतिहास बचाउन सरकारसमक्ष माग गरेका छन् ।

 

विद्यार्थीहरुले आफ्नो तत्काल माग पुरा गर्न सरकारलाई आव्हान गरेका छन् । पुरानो इतिहासीक सम्पदालाई जोगाउन विद्यार्थीहरु लागि परेका छन् ।