होमपेज » समाचार » अर्थमन्त्री र गभर्नरबीच टेलिफोन वार्ता

अर्थमन्त्री र गभर्नरबीच टेलिफोन वार्ता

सोमबार, २१ भाद्र २०७८, १४:५७

काठमाडौं । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरबीच टेलिफोनमा कुराकानी भएको छ । उक्त कुराकानीमा गभर्नर महाप्रसाद अधिकारीले आवश्यक प्रक्रिया मिलाएर परिस्थिति सहज बनाउने बताएका छन् ।

 

राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमबार गभर्नर अधिकारीसँग टेलिफोन कुराकानी गरेका हुन् । कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पूँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन् ।