होमपेज » अन्तर्राष्ट्रिय » डुङ्गा दुर्घटना, नौ जना बेपत्ता

डुङ्गा दुर्घटना, नौ जना बेपत्ता

एजेन्सी
आईतवार, २२ माघ २०७९, १२:३४
-फाईल फोटो

सियोल। दक्षिण कोरियामा माछा मार्ने एउटा डुङ्गा दुर्घटना हुँदा नौ जना वेपत्ता भएका छन् ।

 

दक्षिणपश्चिमी तटीय क्षेत्रमा माछा मार्ने एउटा डुङ्गा पल्टिँदा बेपत्ता उनीहरूको उद्धारकर्मीले समुद्र र हवाई मार्गबाट खोजी गरिरहेका छन् ।

 

गृह मन्त्रालयका अनुसार शनिबार राति सिनान काउन्टीको तटीय क्षेत्रमा २४ टन तौल भएको उक्त जहाज पानीमा पल्टिएको हो ।

 

चालक दलका तीन सदस्यलाई नजिकैको डुङ्गाले उद्धार गरे पनि दुई विदेशीसहित अन्य नौ जना हराइरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

बेपत्ताको खोजीका लागि एक दर्जनभन्दा बढी पानीजहाज, तटीय सुरक्षाकर्मी र नौसेनाका तीन वटा विमान परिचालन गरिएको जनाइएको छ ।

 

आन्तरिक मामिला मन्त्री ली साङ–मिनलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले चालक दलका अधिकांश सदस्यले डुङ्गा छोडेको अनुमान गरिएको छ ।

 

राष्ट्रपति युन सुक योलले उद्धारकार्यका लागि अधिकतम प्रयास गर्न आग्रह गर्दै खोजी क्षेत्र फराकिलो बनाउन ‘उपलब्ध सबै स्रोत साधन’ परिचालन गर्न आदेश दिएको उहाँको कार्यालयले जानकारी गराएको छ ।