होमपेज » खेलकुद » प्रथम कालिका गोल्डकप फुटबल प्रतियोगिता चैत २१ बाट

प्रथम कालिका गोल्डकप फुटबल प्रतियोगिता चैत २१ बाट

बिहीबार, १९ चैत्र २०७७, ००:१८

पूर्वी चितवनको कालिका नगरपालिकामा प्रथम कालिका गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी कालिका नगर कमिटीको आयोजनामा प्रथम कालिका गोल्डकप हुन लागेको हो ।

यही चैत्र २१ गतेदेखि कालिका नगरपालिका-४ को क्याम्पस खेलमैदानमा फुटबल प्रतियोगिता हुने स्पोर्ट्स एकेडेमीमा अध्यक्ष पूर्ण चौधरीले बताए ।

प्रतियोगिताका विजेताले क्रमशः प्रथम हुनेलाई एक लाख ११ हजार १११ रुपैयाँ र द्वितीय हुनेलाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार, ट्रफी र प्रमणपत्र प्रदान गरिने चौधरीले बताए । ‘प्रथम कालिका गोल्डकप’ नाम दिइएको यस प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई साईकल पुरस्कार दिइने छ ।