नागोया। जापानको नागोयामा चर्चित नेपाली गायिका तृष्णा गुरुङ, ‘द कोलाब ब्याण्ड’ र कर्म शेर्पाले प्रस्तुति दिने भएका छन् । तमु धी नागोया जापानको आयोजनामा प्रथम नागोया रोधी साँझ आयोजना हुन लागेको हो ।
जापान मनि एक्सप्रेस, अन्नपुर्ण नेपाली रेस्टुरेन्ट र क्योदाई रेमिटान्स लगायतका विभिन्न संस्थाहरुको सहकार्यमा आगामी अगस्ट १२ मा नागोयाको नागोया शि – नाका कु, ओसुस्थित नागोया इन्टरनेशनल लिजेण्ड हलमा आयोजना हुन लागेको लाइभ म्यूजिकमा स्थानीय कलाकारहरुले समेत प्रस्तुति दिने कार्यक्रम रहेको छ । खनी हो यामुबाट सांगीतिक क्षेत्रमा छुटै पहिचान बनाउन सफल गुरुङ लोकपप विधामा सक्रिय छिन हालसम्म गुरुङले माया पिरति, माया मन भरी, रेललै मा, ‘साँझको बेला’, गाइने दाजैले जस्ता चर्चित गीत गाइसकेकी छिन् ।
पछिल्लो समय देश विदेशको सांगीतिक कार्यक्रममा व्यस्त गुरुङ नेपालको चर्चित रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ३ को कोच समेत बन्न सफल भईसकेकी छिन।
सीमित टिकटहरु बाँकी रहेकाले अन्नपूर्ण रेस्टुरेन्ट चिकुसा, क्योदाई रेमिटान्स नागोया र हिमालयन स्पाइस हाउस नागोयामा सम्पर्क गर्न आयोजक तमु धी नागोया जापानको अध्यक्ष आशीष गुरुङले आग्रह गरेका छन् ।
साथै जापानको नागोयापछि टोक्यो र अन्य शहरमा समेत उक्त समुहको सांगीतिक प्रस्तुति रहने बताए ।










