होमपेज » समाचार » भक्तपुरको सूर्यविनायकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुरको सूर्यविनायकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुधबार, २१ कार्तिक २०८१, २१:००

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ स्थित कटुन्जेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०२१ प ८१२७ नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी विमला प्रधानाङ्गको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपीले  बताए ।