काठमाडौं । कामना सेवा विकास बैंक ले चितवनको भरतपुरस्थित अशोका रेसोर्ट सँग सेवा शुल्कमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले रेसोर्टमा उपलब्ध अकोमोडेसन तथा फुड एन्ड बेभरेज सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन्। बैंकका ग्राहकहरूले आफ्नो बैंकसँगको आबद्धता पुष्टि हुने प्रमाण प्रस्तुत गरी उक्त सुविधा सहजै लिन सक्नेछन्।
बैंकले यस सहकार्यबाट आफ्ना ग्राहक तथा कर्मचारीलाई थप सेवा सुविधा प्रदान गर्ने विश्वास लिएको छ। साथै, यस्ता सहकार्यले ग्राहकमैत्री सेवा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। उक्त सम्झौतामा बैंकका तर्फबाट नारायणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारी तथा रेसोर्टका प्रबन्ध निर्देशक अशोक अधिकारीले हस्ताक्षर गरेका छन्।