होमपेज » समाचार » दराजको ‘४.४ नव वर्ष उत्सव’ सार्वजनिक, छुट र अफरको वर्षा

दराजको ‘४.४ नव वर्ष उत्सव’ सार्वजनिक, छुट र अफरको वर्षा

सोमबार, १६ चैत्र २०८२, १५:३८

काठमाडौं । दराज नेपाल ले नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै ‘४.४ नव वर्ष उत्सव’ सार्वजनिक गरेको छ। कम्पनीले यस अभियानअन्तर्गत आकर्षक छुट, निःशुल्क होम डेलिभरी र विभिन्न भौचर सुविधा उपलब्ध गराउने जनाएको छ।

दराजका अनुसार उक्त सेल चैत २० देखि २७ गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा ग्राहकहरूले ७० प्रतिशतसम्म छुट, निःशुल्क डेलिभरी तथा करिब ८३ लाख रुपैयाँ बराबरका भौचर प्राप्त गर्ने अवसर पाउनेछन्।

उत्सवअन्तर्गत विभिन्न क्याटेगरीका सामग्रीमा दैनिक फ्ल्यास सेलमार्फत विशेष अफर उपलब्ध गराइनेछ। प्लाटिनम पार्टनर ब्रान्डहरू—चर्च एण्ड ड्वाइट, एंकर, होनसा, ब्राण्डहाउस, युनिलिभर र मिनिमलिस्टमा ६० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। यस्तै, गोल्ड पार्टनर ब्रान्डहरू फोरया र एक्सएजमा ६० प्रतिशतसम्म तथा सिल्भर पार्टनर ब्रान्डहरू नाइक, फ्यानटेक र पीसेफमा ६५ प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ।

भुक्तानीमा पनि विशेष सुविधा प्रदान गरिएको छ। नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी बैंकनेपाल बैंक का क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत तथा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशतसम्म छुट पाउनेछन्। साथै eSewaKhalti प्रयोगकर्ताका लागि ‘रश आवर’ विशेष अफरसमेत उपलब्ध गराइनेछ।

उत्सवअन्तर्गत ग्राहकहरूले विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पनि पाउनेछन्। जसमा फिलिप्सका साना होम अप्लायन्स, स्मार्टफोन, एक्सरसाइज साइकल, फर्निचर सामग्री तथा हेल्मेटलगायतका उपहार समावेश छन्। न्यूनतम ५ हजार रुपैयाँ खरिद गर्ने ग्राहक स्वतः लक्की ड्रमा सहभागी हुनेछन्।

दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरका अनुसार ‘४.४ सेल’ले नेपालको डिजिटल व्यापार प्रणालीलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ। उनले यस अभियानमार्फत ग्राहकलाई सहज, आकर्षक र समग्र किनमेल अनुभव प्रदान गर्ने उद्देश्य रहेको बताए।