होमपेज » आर्थिक » लुम्बिनी विकास बैंकको २० हजार बढी संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

लुम्बिनी विकास बैंकको २० हजार बढी संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

सोमबार, १६ चैत्र २०८२, १५:४७

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड ले संस्थापक समूहअन्तर्गतको शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकका अनुसार संस्थापक शेयरधनी प्रकाश मान श्रेष्ठको नाममा रहेको २० हजार २९० कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला गरिएको हो। यसअघि प्रचलित व्यवस्था अनुसार उक्त शेयर खरिदका लागि संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिइएको थियो।

यस प्रयोजनका लागि बैंकले गत फागुन १० गते सूचना प्रकाशित गरी ३५ दिनको समयसीमा उपलब्ध गराएको थियो। तर, उक्त अवधिभित्र संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेपछि सो शेयर सर्वसाधारणका लागि खुला गरिएको बैंकले जनाएको छ।

उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन काठमाडौंको डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा पेश गर्न सकिनेछ। बैंकले तोकिएको समयभित्र आवेदन दिन इच्छुक लगानीकर्तालाई आग्रह गरेको छ।