काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता महाशाखाको निर्देशनअनुसार संस्थाले हरेक वर्ष सञ्चालन गर्दै आएको वित्तीय साक्षरता अभियानअन्तर्गत यस वर्ष पनि ‘Smart Money Talks’ नाराका साथ ‘Global Money Week’ कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रम अन्तर्गत संस्थाको प्रदेश कार्यालय मातहत रहेका २२ वटा शाखामार्फत कुल १ हजार ४९७ जना बालबालिका, युवा तथा सदस्यहरूलाई लक्षित गरी चेतनामूलक गतिविधि सञ्चालन गरिएको थियो।
उक्त अभियानमार्फत सहभागीहरूमा वित्तीय ज्ञान, सीप तथा सकारात्मक वित्तीय व्यवहार विकास गर्ने उद्देश्य राखिएको संस्थाले जनाएको छ।सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको यस कार्यक्रमबाट बालबालिका, युवा, सदस्य तथा समग्र समाजमा वित्तीय सचेतना अभिवृद्धि हुनुका साथै सकारात्मक सन्देश प्रवाह भएको विश्वास संस्थाले व्यक्त गरेको छ।










