होमपेज » आर्थिक » शिखर पावरको शेयर शुक्रबारबाट दोस्रो बजारमा कारोबारमा आउने

शिखर पावरको शेयर शुक्रबारबाट दोस्रो बजारमा कारोबारमा आउने

बिहीबार, २६ चैत्र २०८२, १४:०१

काठमाडौं। Shikhar Power Development Limited को साधारण शेयर (IPO) शुक्रबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ। कम्पनीको शेयर आज Nepal Stock Exchange (नेप्से) मा सूचीकृत भएसँगै नियमानुसार दोस्रो दिनदेखि कारोबार खुल्न लागेको हो।

नेप्सेमा सूचीकृत कम्पनीहरूको शेयर सूचीकरण भएको भोलिपल्टदेखि दोस्रो बजारमा कारोबारमा आउने व्यवस्था छ। सोही प्रावधानअनुसार शिखर पावरको शेयर शुक्रबारबाट कारोबारमा आउनेछ। यसबीच सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिएको भए पनि शुक्रबार भने नियमित रूपमा शेयर कारोबार हुने जनाइएको छ।

नेप्सेमा कम्पनीको कुल ९८ लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमध्ये ३२ लाख कित्ता (३२.६५ प्रतिशत) सर्वसाधारणतर्फ र ६६ लाख कित्ता (६७.३५ प्रतिशत) संस्थापकतर्फ रहेको छ।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको प्रतिकित्ता न्यूनतम ९४ रुपैयाँ ७८ पैसा र अधिकतम २८४ रुपैयाँ ३४ पैसा ओपनिङ रेन्ज निर्धारण गरेको छ। सो दायराभित्र पहिलो कारोबार (स्पेसल प्रि–ओपन सेसन) मा किनबेच भएपछि मात्र नियमित कारोबार सुरु हुनेछ। कम्पनीको कारोबार संकेत (ट्रेडिङ सिम्बोल) ‘SPIL’ रहेको छ।

शिखर पावर डेभलपमेन्ट लिमिटेडले गत फागुन १७ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर (IPO) बिक्री खुला गरेको थियो। उक्त आईपीओको बाँडफाँट चैत ३ गते सम्पन्न भएको थियो।